२३ जेठ २०८३, शनिबार

धमाधम छायांकन हुँदै ‘ए मेरो हजुर ४’

कात्तिक २, २०७७
धमाधम छायांकन हुँदै ‘ए मेरो हजुर ४’

लक डाउनका कारण एकाएक छायांकन रोकिएको चलचित्र ए मेरो हजुर ४ निर्माण पक्षले बाँकी काम तिहारभित्रै सक्ने गरि छायांकन शुरू गरेको छ ।

७ महिनाअघि २५ प्रतिशत छायांकन सकिएको यो चलचित्रको अहिले काठमाडौंमा धमाधम छायांकन भइरहेको छ ।

चलचित्र ‘ए मेरो हजुर ४’का निर्देशक झरना थापाले यो चलचित्रको छायांकन घटनास्थापनादेखि सुरु गरिएको जानकारी दिइन् ।

उनले यसपटक फूलपातीसम्म छायांकन गर्ने र त्यसपछि तुरुन्तै तिहारसम्म लगातार काम गरेर काम सक्ने तयारी रहेको बताइन् । सम्पुर्ण सुरक्षा अपनाएर, टिमका सबै सदस्यको विमा गरेर चलचित्रको छायांकन पुनः प्रारम्भ भएको जानकारी गराइन् ।

झरना थापा निर्देशित चलचित्रमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । ए मेरो हजुर ब्राण्ड नेपालको हिट चलचित्रको क्याटोगरीमा पर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्