माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
कात्तिक २, २०७७
कोरोना महामारीका बेला सांसदहरू मात्र होइन स्थानीय तहका जनप्रतिनिधिले पनि दशैं भत्ता बुझेका छन् ।
कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका जनप्रतिनिधिले १५ हजारका दरले दशैं भत्ता बुझेका हुन् ।
यसका अलावा प्रदेशका १० वटै जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूले पनि दशैं भत्ता बुझेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिलाई कानून नै बनाएर भत्ता बाँडिएको छ । कर्णाली प्रदेशका स्थानीय तहमा ३ हजार ६ सय ८७ जना जनप्रतिनिधि छन् ।
हेर्नुहोस्, स्थानीय तहका कर्मचारीको विवरण :
यसैगरी १० वटा जिल्ला समन्वय समितिका ७० जना प्रतिनिधिले पनि भत्ता बुझेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले आफूहरूले प्रदेश सरकारले बनाएको ऐनअनुसार जनप्रतिनिधिलाई १५ हजारका दरले भत्ता दिएको बताए ।
‘हाम्रो नगरपालिकामा ७९ प्रतिनिधि छन्,’ उनले भने, त्यही आधारमा हरेकको खातामा पन्ध्र हजारका दरले चाडपर्व खर्च जम्मा गरिदिएका हौं ।
प्रदेश सभा सदस्यलाई एक महिनाको तलब
कर्णाली प्रदेश सभा सचिवालयले प्रदेश सभाका सदस्यहरूलाई १ महिनाको पारिश्रमिक बराबरको रकम चाडबाड खर्चका रूपमा उपलब्ध गराएको छ ।
प्रदेश सभा सभामुखले ५३ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५० हजार, सत्ता पक्षका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतक, विभिन्न समितिका अध्यक्ष लगायतले ४८ हजार बुझ्दै आएका छन् ।
प्रदेश सभा सदस्यले भने ४५ हजार पारिश्रमिक पाउँछन् ।
चालिस सदस्यीय प्रदेश सभामा ६ जना मन्त्री छन्, उनीहरूले त्यहीबापत सुविधा पाउँछन् ।
त्यसका अलावा सभामुख, उपसभामुख, विपक्षी दलका नेता, चार समितिका अध्यक्ष, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका सचेतक र सांसदहरूले दशैं भत्ताबापत एक महिनाको पारिश्रमिक बुझेका हुन् ।
कर्णाली प्रदेश सभाका सचिव जीवराम बुढाथोकीले एक महिनाको पारिश्रमिक बराबरको दशैं खर्च प्रदेश सभाले पदाधिकारी एवं सांसदको खातामा जम्मा गरिदिएको बताए ।
यता, प्रदेश सभाका सांसदले दशैं भत्ता बुझ्दा स्वकीय सचिव तथा सचिवालयका कर्मचारीले पनि भत्ता पाएका छन् ।
प्रदेश सभामा सभामुखका अधिकृत तहका एक स्वकीय सचिव, सुब्बा सरहका एक, सोही सरहका एक सूचना प्रविधि अधिकृत, एक जना प्रशासन सहायक, एक जना हलुका सवारी चालक, एक जना कार्यालय सहयोगीले दशैं भत्ता बुझेका छन् ।
विपक्षी दलका नेताका अधिकृत तहका एक जना, सुब्बा सरहका दुई जना, एक जना सवारी चालक र एक जना कार्यालय सहयोगीले भत्ता बुझेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
समितिका चार जना अध्यक्षका चारजना सुब्बा सरहका कर्मचारी, चार जना हलुका सवारी चालक, सत्तारुढ दलका प्रमुख सचेतक, सचेतक, विपक्षी दलका सचेतक र सुब्बा सरहका तीन जना र तीन जना हलुका सवारी चालक, २३ जना सांसदका २३ जना सुब्बा सरहका स्वकीयले भत्ता बुझेका हुन् ।
उनीहरूले शुरूको तलब स्केलअनुसार भत्ता बुझेको प्रदेश सभा सचिव बुढाथोकीले बताए ।
‘प्रदेश सभा सदस्यहरू, पदाधिकारीहरू र उहाँहरूका स्वकीयले दशैं भत्ता बुझ्नु भएको छ,’ उनले भने, ‘कति गते खातामा गयो भन्ने कुरा मलाई थाहा छैन,’ उनले भने, ‘तर सबैलाई एक महिनाको तलब अनुसारको दशैं भत्ता गइसकेको छ ।’
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...