
नेपाल बैंक लिमिटेडले ८४औं वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाहरु निशुल्क प्रदान गर्ने भएको छ ।
कार्तिक १ गते देखी निक्षेप खाताहरूमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डि म्याट एकाउन्ट, मेरो शेयर, सी आश्वा र भीसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको हो ।
यसका साथै बैंकले बिभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने जनाएको छ ।
विसं. १९९४ कात्र्तिक ३० गते लक्ष्मी पूजाको दिन स्थापना भई नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले देशको ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् देश र आम नेपालीको बैंकिङ्ग सेवामा समर्पित रहि अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।