११ असार २०८३, बिहीबार

भैंसीले चोर पत्ता लगाएपछि

कात्तिक २, २०७७
भैंसीले चोर पत्ता लगाएपछि

भारतको उत्तर प्रदेशको कन्नौजमा एउटा चोरीको यस्तो घटना भयो, जसको समाधान कुनै प्रहरी चौकी या अदालतले होइन बरू भैंसीले गरेको छ ।

कन्नौज जिल्लानिवासी विरेन्द्र नामका एक व्यक्तिले प्रहरीमा आफ्नो भैंसी चोरी भएको भन्दै मुद्दा दर्ता गरे । उनले आफ्नो साथी धर्मेन्द्रमाथि चोरीको आरोप लगाएका थिए ।

धर्मेन्द्रले भैंसी आफ्नै भएको दाबी गरेपछि प्रहरी संकटमा पर्यो । प्रहरीले भैंसीलाई ल्याएर खुला चौरमा छोड्यो अनि विरेन्द्र र धर्मेन्द्र दुवैलाई भैंसीलाई बोलाउन आग्रह गर्यो ।

केही समयपछि भैंसी विरेन्द्रको पछि लाग्न थाल्यो । प्रहरीले भैंसी चोरी भएको निष्कर्ष निकाल्दै धर्मेन्द्रलाई कारवाही गर्ने निर्णय गर्यो ।

भारतीय सञ्चार एजेन्सी आइएएनएसका अनुसार विरेन्द्रको घरबाट चोरी भएको त्यो भैंसीलाई भैसीबजारमा लगेर धर्मेन्द्रले अर्कै व्यक्तिलाई बेचिदिएका थिए । जब आफ्नो भैंसी खोज्दै विरेन्द्र भैंसीबजार पुगे, आफ्नो भैंसी देखे अनि समात्न खोजे ।

चोरीको भैंसी किनेका ती व्यक्तिले विरेन्द्रमाथि भैंसी आफ्नो भएको भन्दै हातपात समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्