२३ असार २०८३, मंगलबार

हर्ड इम्युनिटीमा छैन वैज्ञानिक आधार, नयाँ पत्रमा गरियो दाबी

कात्तिक ३, २०७७
हर्ड इम्युनिटीमा छैन वैज्ञानिक आधार, नयाँ पत्रमा गरियो दाबी

अन्तर्राष्ट्रिय अनुसन्धाताहरूले हर्ड इम्युनिटीको रणनीतिलाई खारेज गरेका छन् । 

केही विशेषज्ञहरूले कम जोखिममा रहेका युवालाई भाइरसबाट संक्रमित हुन दिएर हर्ड इम्युनिटी बनाउनुपर्ने भनी यसअघि धारणा राखेका थिए ।

तर ८० जना अन्तर्राष्ट्रिय अनुसन्धाताहरूले कोभिड महामारीको सामना गर्न हर्ड इम्युनिटी खतरनाक अवधारणा भएको बताए । उनीहरूको पत्र मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित भएको छ । 

हर्ड इम्युनिटीका पक्षधरहरूले यसलाई रणनीतिका रूपमा अंगीकार गरेर लकडाउन लगायतका प्रतिबन्धलाई अन्त्य गर्नुपर्ने भनी वकालत गरेका थिए । हजारौं विशेषज्ञ, चिकित्सक र सर्वसाधारणको हस्ताक्षर त्यसमा परेको बताइएको थियो । तर त्यसमा अनेकौं मानिसको हस्ताक्षर कीर्ते रहेको पाइयो । 

ल्यान्सेटमा प्रकाशित नयाँ पत्रमा हर्ड इम्युनिटी सिद्धान्तको कुनै वैज्ञानिक आधार नरहेको भनी लेखिएको छ । यस पत्रमा हस्ताक्षर गर्नेहरू जनस्वास्थ्यविद्, भाइरस विज्ञान, सरुवा रोग र अन्य वैज्ञानिक क्षेत्रका मानिस छन् ।

उनीहरूका अनुसार, युवाहरूमा कोभिड–१९ फैलिन दिने हो भने समग्र जनसंख्या खतरामा पर्न सक्छ । अनि कोभिडले कसलाई बढी प्रभावित पार्छ र कुन वर्ग सबभन्दा कम प्रभावित हुन्छ भन्ने कुरा पनि अहिल्यै बताउन सकिँदैन । 

युवा र स्वस्थ मानिसमा कोभिडका दीर्घकालीन लक्षणहरू देखिएको पनि उनीहरूले उल्लेख गरे । अनि कोभिडबाट प्राकृतिक रूपमा संक्रमित भएका मानिसमा दीर्घकालीन स्थायी इम्युनिटी उत्पन्न हुने कुनै ठोस प्रमाण नपाइएको पनि उनीहरूको कथन छ । 

त्यसैले धेरै मानिसहरूलाई संक्रमित हुन दिँदा महामारी अन्त्य नहुने बरू उल्टो बारम्बार महामारीहरू उत्पन्न हुने र स्वास्थ्यकर्मी तथा अर्थव्यवस्थामा अनावश्यक बोझ पर्ने उनीहरूको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्