१२ साउन २०८३, मंगलबार

ट्रम्पका सल्लाहकारले भने– मास्कको काम छैन, ट्विटरले हटायो पोस्ट

कात्तिक ३, २०७७
ट्रम्पका सल्लाहकारले भने– मास्कको काम छैन, ट्विटरले हटायो पोस्ट

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार स्कट एटलसले मास्कको काम छैन भनी लेखेको पोस्ट ट्विटरले हटाइदिएको छ । 

गत अगस्ट महिनामा ह्वाइट हाउसको विज्ञान सल्लाहकारका रूपमा आएका एटलसले लेखेका थिए, ‘मास्कले काम गर्छ त ? गर्दैन ।’

मानिसहरूलाई मास्क लगाउनका लागि बाध्य पार्ने नीतिको समर्थन गर्न नसकिने पनि उनले बताए । 

कोभिड–१९ का सम्बन्धमा भ्रामक जानकारी कसैले पनि फैलाउन नहुने किनकि यस्ता पोस्टले मानिसहरूलाई हानि पुग्ने ट्विटरका एक प्रवक्ताले बताएका छन् । यस ट्वीटले कम्पनीको नीति उल्लंघन गरेको उनको कथन छ । 

ट्रम्प आफैं पनि मास्कलाई महत्त्वहीन वस्तुका रूपमा प्रस्तुत गर्ने गर्छन् । उनकै कतिपय ट्वीट पनि ट्विटरले हटाएको छ । आफू संक्रमित हुँदा पनि उनले मास्कलाई खासै महत्त्व दिएका थिएनन् । 

कोभिडका कारण अमेरिकामा २ लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 
 

एटसलसे आफ्नो ट्वीट हटाइनु सेन्सरशिप भएको बताए । मास्क लगाउने नीति प्रभावकारी नरहेको भनी बताउने आफ्नो उद्देश्य भएको उनले बताए । सामाजिक दूरीको पालन गर्न नसकिने अवस्थामा मात्र मास्क लगाउनुपर्ने भनी उनले स्पष्ट पार्न खोजे । 
 

salt training

कमेन्ट गर्नुहोस्