११ असार २०८३, बिहीबार

लोकान्तर खोज नतिजा : नेकपाले पनि फिर्ता गर्‍यो दशै‌ं भत्ता, कोभिड- १९ उपचार कोषमा जम्मा गर्ने

कात्तिक ३, २०७७
लोकान्तर खोज नतिजा : नेकपाले पनि फिर्ता गर्‍यो दशै‌ं भत्ता, कोभिड- १९ उपचार कोषमा जम्मा गर्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि आफ्ना सांसदहरूलाई दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदको दशैं भत्ता कोभिड उपचार कोषमा जम्मा गर्ने निर्णय भएको लोकान्तरलाई जानकारी दिए । 

सांसदहरूले दशैं भत्ता बुझेकोबारे शुक्रवार लोकान्तर डट्कममा पहिलोपटक समाचार प्रकाशित भएपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरिसकेका छन् ।

अहिले आएर पार्टीले संस्थागत रूपमै भत्ता फिर्ता गर्ने निर्णय गरेको हो । ​

 


यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि भत्ता फिर्ताको औपचारिक घोषणा गरिसकेको छ ।

 


संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले पनि दशैं भत्ता फिर्ताका लागि छलफल शुरू गरेको छ ।

सो दलको केन्द्रीय कार्यकारिणी बैठक चलिरहेको छ । सो बैठकबाटै भत्ता फिर्ताको निर्णय हुने एक सांसदले बताए । 

salt training

कमेन्ट गर्नुहोस्