०४ साउन २०८३, सोमबार

उत्तर कोरियाका कारगारहरू बन्दीका लागि नरक भएको नयाँ प्रतिवेदनको निष्कर्ष

कात्तिक ३, २०७७
उत्तर कोरियाका कारगारहरू बन्दीका लागि नरक भएको नयाँ प्रतिवेदनको निष्कर्ष

ह्युमन राइट्स वाच नामक मानवअधिकारवादी संस्थाले निकालेको ताजा प्रतिवेदनले उत्तर कोरियाका कारागारमा मानिसमाथि जनावरलाई भन्दा खराब व्यवहार गरिने उल्लेख गरेको छ । 

यातना, बेइज्जती र जबर्जस्ती साबिती लिने काम हुने गरेका छन् । 
 

वाचले उत्तर कोरियाको कारागारमा बसेर छुटेका दर्जनौं बन्दीहरूसँग कुराकानी गरेर प्रतिवेदन तयार पारेको हो । त्यहाँ गरिने अमानवीय व्यवहार यातनाकै तहमा पुग्ने गरेको र त्यहाँको बसाइ नरकको जस्तो भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आणविक शक्तिसम्पन्न मुलुक उत्तर कोरिया बन्द मुलुक हो र त्यहाँको फौजदारी न्याय प्रणालीका बारेमा एकदमै कम सूचना मात्र उपलब्ध हुने गरेको छ । 
 

कैदीबन्दीहरूलाई लट्ठीले हिर्काउने र लात्ताले हान्ने गरिएको अन्तर्वार्ता लिइएका व्यक्तिहरूले बताए । विशेष गरी अनुसन्धानका लागि थुनामा राखिएका मानिसमाथि चरम दुर्व्यवहार हुने गरेको छ । 

नियमअनुसार त कैदीहरूमाथि कुटपिट गर्नै मिल्दैन तर हामीलाई अनुसन्धानका क्रममा तथा प्राथमिक परीक्षणको शुरूआती चरणमा साबिती आवश्यक पर्छ,’ एक पूर्व प्रहरीले बताए । 

‘त्यसैले साबिती लिनका लागि उनीहरूलाई कुटपिट गर्नुपर्ने हुन्छ ।’

पूर्व बन्दीहरूले बताएअनुसार, उनीहरूलाई भुइँमा स्थिर भएर बस्न, घुँडा मारेर वा टेकेर दिनको १६ घन्टासम्म बाध्य बनाइएको थियो । अलिकति पनि हलचल गर्दा सजाय पाइन्थ्यो । 
 

बन्दीहरूलाई हातले, लट्ठीले वा छालाको पेटीले हिर्काइने अनि आँगनमा एक हजारपटक घुमीघुमी दौडिन लगाउने सजाय दिने गरिएको छ ।

यो प्रतिवेदनमा उत्तर कोरियाबाट भागेका आठजना पूर्व अधिकारी तथा १५ महिला र ७ पुरुष गरी २२ पूर्व बन्दीहरूसँगको अन्तर्वार्ताबाट आएका निष्कर्षहरू समावेश गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्