
मिस नेपाल एसईई २०२० को उपाधि रेजिना लिम्बूले हात पारेकी छन् ।
विजेता लिम्बुले अब फिलिपिन्समा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टूरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
उपाधिको साथमा उनले शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारिन् । प्रतियोगितामा फर्स्ट रनरअप सिल्भिया केसी बनिन् भने सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेलले हात पारिन् ।
विभिन्न उपशीर्षकमा समेत विजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्यूटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्ध्या अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डशिप प्रनिका राउतले हात पारे ।
एसईई उत्तीर्ण किशोरकिशोरीको क्षमता अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको र १ महिनासम्म अनलाइन र १० दिनसम्म आवासीय रूपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सञ्चालन गराइएको अभ्यानी प्रोडक्सनका सीईओ अभिविन्द खनियाले बताए । ५० जनाभन्दा धेरैले सहभागिता जनाए पनि १५ जनालाई फाइनल प्रतिस्पर्धाका लागि काठमाडौं बोलाइएको थियो ।
अभ्यानी प्रोडक्सनले नेपालभरबाट आएका सम्पूर्ण प्रतियोगीलाई ल्याउने, लैजाने तथा बस्ने–खाने व्यवस्था गरेको सीईओ खनियाले बताए ।