०३ साउन २०८३, आइतबार

ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटलबीच सम्झौता

कात्तिक ३, २०७७
ग्लोबल आइएमई बैंक र ल्याण्लमार्क होटलबीच सम्झौता


ग्लोबल आइएमई बैंक लि. र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमूख शान्ता शिवाकोटी र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.का उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता पश्चात ल्याण्डमार्क होटल रिसोर्ट को काठमाण्डौ, पोखरा तथा चितवनमा रहेका होटलहरुबाट उपलब्ध सेवा तथा सुविधाहरुमा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड, मोबाइल बैंकिङ्ग, इ–बैंकिङ्ग तथा क्यूआर कोड प्रणाली मार्फत भुक्तानी गर्दा बैैंकका ग्राहक तथा कर्मचारीहरुले छुट पाउने छन् । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्