०२ साउन २०८३, शनिबार

काठमाडौंका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्याल संघीय मामिला मन्त्रालयमा सरुवा

कात्तिक ३, २०७७
काठमाडौंका महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्याल संघीय मामिला मन्त्रालयमा सरुवा

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल संघीय मामिला मन्त्रालयमा सरुवा भएका छन् ।

निजामति सेवामा इमान्दार र दक्ष मानिने अर्याललाई मन्त्रिपरिषदले निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको हो । अर्यालले पदबहाली गरिसकेका छन् ।

अर्याल महानगरपालिकामा आउनुअघि नेपाली महावाणिज्य दूतावास कलकत्तामा महावाणिज्य दूतका रूपमा कार्यरत थिए ।

सरकारी जागिरे जीवनको लामो समय गृह प्रशासनमा बिताएका अर्यालले महानगरको जिम्मेवारी सम्हालेलगत्तै अनावश्यक भत्ता, सुविधा कटौती गर्ने निर्णय गरेर चर्चामा आएका थिए ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायब सुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्