२८ जेठ २०८३, बिहीबार

पशुपतिमा थप विद्युतीय शवदाह गृह बनाउँदै सरकार

कात्तिक ३, २०७७
पशुपतिमा थप विद्युतीय शवदाह गृह बनाउँदै सरकार

सरकारले पशुपति क्षेत्रमा हाल प्रयोगमा रहेको विद्युतीय शवदाह गृहलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने भएको छ। त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै कोरोना संक्रमित भएर मृतकको संख्या समेत बढिरहेको सन्दर्भमा थप एक हाइब्रिड शवदाह गृह निर्माण गर्न आवश्यक स्रोतको व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय हालै बसेको मन्त्रिपरिषद् बैठकले गरेको गुरुङले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्