मुम्बई — भारतका चर्चित पहलवान गामा पहलवानबारे फिल्म बनाउने सोच सलमान खानको दिमागमा धेरै पहिलेदेखि नै आएको थियो । सोहेल खानलाई मुख्य भूमिकामा लिएर फिल्म बनाउने सोच पनि बनाएका थिए सलमानले । तर, उनको यो आइडियामा अझै फिल्म बनिसकेको छैन ।
भारतीय मिडियामा खबर छ कि, सलमान खानले गामा पहलमानमा आधारित टिभी सिरियल बनाउने भएका छन् । उनले यसको पाइलट खण्डको शूटिङ पनि गरिसकेका छन् । समाचारका अनुसार उनले त्यो पाइलट प्रोजेक्टलाई टिभीमा पनि पठाएका छन् । जुन सिरियलमा सोहेल खानले गामा पहलमानको भूमिका निभाउने सम्भावना छ ।

पाइलट एपिसोडमा एक दंगाको दृश्य समावेश गरिएको छ । जसमा ६५ वर्षीय वर्षीय गामा पहलवान आएर दंगा राख्ने कोशिश गर्छन् ।
गामा पहलमानको वास्तविक नाम गुलाम हुसेन हो । भारतका यी पहलवानले संसारका कुनै पहलवानसँग पनि हारेका थिएनन् भन्ने गरिन्छ ।