०१ असार २०८३, सोमबार

बम विस्फोटमा परी एकै परिवारका सातको मृत्यु

कात्तिक २०, २०७४
बम विस्फोटमा परी एकै परिवारका सातको मृत्यु

हेरात, अफगानिस्तान, २७ वैशाख –अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी तीन महिला र दुई बालबालिकासहित सात व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

यस घटनामा मारिएका सबै एक परिवारका सदस्य रहेका बताइएको छ । हेरात प्रान्तको आद्रास्कान जिल्लामा दुडिरहेको एक सवारी साधान विस्फोट पदार्थमा ठोक्किँदा सो सवारी साधनमा भएका सबै व्यक्ति मारिएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल आजाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट ६४० किलोमिटर पश्चिममा पर्ने हेरात सहरको भएको यस आक्रमणमा तालिवान आतङ्ककारी समूहको हात रहेको वालिजादाले दावी गरेका छन् ।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि तीन महिनाभित्र त्यहाँ जारी द्वन्द्वको क्रममा भएका हिंसा र हत्यामा परी करिब ७१५ सर्वसाधारण व्यक्तिको मृत्यु भएको छ भने, अन्य एक हजार ४६० भन्दाबढी व्यक्ति घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ

salt training

कमेन्ट गर्नुहोस्