१२ साउन २०८३, मंगलबार

प्रधानमन्त्री कार्यालयमा सक्रिय भए ईश्वर पोखरेल

कात्तिक ४, २०७७
प्रधानमन्त्री कार्यालयमा सक्रिय भए ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामलाई प्रभावकारी बनाउनका लागि छलफल शुरू गरेका छन् ।

कार्यालयको कार्यभार सम्हालेलगत्तै उनले मुख्यसचिव शंकरदास वैरागी र सचिवसँग कार्यालयको प्रभावकारी र व्यवस्थित कार्यान्वयनका लागि छलफल शुरू गरेका हुन् ।

उनले प्रभावकारी र परिणाम ल्याउने गरी ठोस काम गर्न निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीको अभ्यास नेपालमा पहिलो पटक व्यवस्थित ढंगले गर्न थालिएको जनाउँदै उनले भने, ‘यो मेरो लागि नयाँ ठाउँ हो । कर्मचारीको सहयोगले नै यस कार्यालयबाट हुने कामलाई नयाँ उचाइमा पुर्‍याउने छु ।’ 

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयको समन्वयलाई आफूले प्रभावकारी बनाउने बताउँदै नीति, योजना र जनशक्तिमा समस्या भएमा पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

छलफलमा मुख्यसचिव वैरागीले मुलुकमा सुशासन र  सेवा प्रवाहमा नवीनता ल्याउने गरी काम गरिने बताए । छलफलमा उपप्रधानमन्त्री पोखरेललाई ५ महाशाखाका प्रमुखले कार्यालयको अवस्थाबारे जानकारी गराएका थिए । सो अवसरमा सचिवद्वय यादवप्रसाद कोइराला, महेन्द्र गुरागाईं लगायतको सहभागिता थियो ।

बुधवार र बिहीवार पनि उपप्रधानमन्त्री पोखरेलले मन्त्रिपरिषद् कार्यालयका कर्मचारीबाट थप जानकारी  लिने उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्