१२ साउन २०८३, मंगलबार

रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए

कात्तिक ४, २०७७
रसियामा एकै दिन १६ हजार कोरोना संक्रमित थपिए

रसियामा विगत २४ घण्टाको अवधिमा १६ हजार ३१९ जना नयाँ कोरोनाभाइरसका संक्रमित व्यक्ति थपिएका छन् । यो सहित रसियामा हालसम्म १४ लाख ३१ हजार ६३५ जना संक्रमित भइसकेका छन् ।

कोरोनाभाइरस रेस्पोन्स सेन्टरका अनुसार देशका ८४ क्षेत्रमा कोभिड–१९ का संक्रमितहरु देखिएका छन् । सबैभन्दा बढी संक्रमित राजधानी मस्कोमा देखिएका छन् । यहाँ झण्डै पाँच हजार व्यक्ति संक्रमित भएको पाइएको छ ।

सेन्ट पिटसबर्गमा ६९५ र मस्को क्षेत्रमा ४२६ जनामा कोभिड–१९ देखिएको छ ।

रसियामा विगत २४ घण्टाको अवधिमा २६९ जना संक्रमितको मृत्यु भएको छ र यो अघिल्लो दिनभन्दा १७९ ले बढी हो । रसियामा हालसम्म कोभिड–१९ को संक्रमणबाट २४ हजार ६३५ जनाको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्