
राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको बुधवार उद्घाटन गर्दै हुनुहुन्छ ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार बुधवार मध्याह्न १२ राष्ट्रपति भण्डारीले पहिला रानीपोखरी र त्यसपछि दरबार हाइस्कूलको उद्घाटन गर्ने कार्यक्रम छ ।
मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कूलको पुनः निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरूको पुनः निर्माणमा यो एक महत्त्वपूर्ण काम मानिएको छ ।