०६ असार २०८३, शनिबार

धर्मप्रचारक भन्छन्– ट्रम्पले पुनः चुनाव जित्छन् अनि विश्व अन्त्य हुन्छ...

कात्तिक ५, २०७७
धर्मप्रचारक भन्छन्– ट्रम्पले पुनः चुनाव जित्छन् अनि विश्व अन्त्य हुन्छ...

अमेरिकामा क्रिस्चियन धर्मप्रचारक प्याट रोबर्टसनले नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपति निर्वाचनमा डोनल्ड ट्रम्प पुनः विजयी हुने भविष्यवाणी गरेका छन् । 

ट्रम्पले जितेपछि विश्वको अन्त्य हुने समेत उनले बताए । 

सन् २०१६ को चुनावमा पनि ट्रम्पले गरेको स्त्रीद्वेषी टिप्पणीपछि रोबर्टसनले उनको समर्थन गरेका थिए । रोबर्टसनलाई धार्मिक दक्षिणपन्थी र रिपब्लिकन पार्टीलाई समर्थन गर्ने अनुदारवादीहरूले व्यापक रूपमा समर्थन गर्ने गरेका छन् । 
 

क्रिस्चियन ब्रोडकास्टिङ नेटवर्कका संस्थापक तथा प्रस्तोता रोबर्टसनले मंगलवार ट्रम्पको पुनः विजयको घोषणा गरेका हुन् । 

आफूलाई ईश्वरबाट सीधा सन्देश आएको यी ९० वर्षीय धर्मप्रचारकले बताए । 

‘ईश्वरले मलाई भनेको कुरामा विश्वास गर्ने हो भने राष्ट्रपति पुनर्निर्वाचित हुनेछन्,’ उनले ठोकुवा गरे । 

निर्वाचन परिणाम आएपछि अशान्ति आउने अनि इजरायलविरुद्ध युद्ध हुनेछ, उनले भने । 

द्वन्द्वपछि शान्तिकाल आउने र शायद अन्त्य आउने उनले दाबी गरे । 
 

रोबर्टसनको भनाइ ट्विटरमा तत्कालै भाइरल भयो । केही प्रयोगकर्ताहरूले रोबर्टसनका पुराना भविष्यवाणी नमिलेको बताए । 

सन् १९७६ मा पनि रोबर्टसनले विश्वको अन्त्य सन् १९८२ मा हुने बताएका थिए । अनि सन् १९९० मा उनले पुस्तक लेखेर सन् २००७ को अप्रिल २९ मा विश्व तहसनहस हुने लेखेका थिए । तर केही पनि भएन । 
 

salt training

कमेन्ट गर्नुहोस्