
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।
डोटीको केआईसिंह गाउँपालिका निवासी ५० वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
मंगलबार उपचारमा आएका उनको अवस्था गम्भीर थियो ।
आईसीयूमा राखेर उपचार गर्ने क्रममा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसलगत्तै उनको कोरोना अस्थायी अस्पतालको भेन्टलेटरमा राखेर उपचार भइरहेको थियो ।
सूचना अधिकारी श्रेष्ठका अनुसार संक्रमित पुरुषको बुधवार दिउँसो ३ः१० मा मृत्यु भएको हो ।