
अहिले प्रेमी प्रेमिकाबीच डेट जाने चलन सामान्यजस्तै भइसक्यो । प्रेमी प्रेमिका डेट जाने र घन्टौंसम्म सँगै रहने, माया प्रीतिका कुरा गर्ने ।
त्यसैकारण पनि डेट जाने धेरै जोडीको चाहना हुन्छ ।
तर चीनमा भने एक युवकलाई आफ्नी प्रेमिकासँग डेट जाँदा निकै भारी परेको छ ।
यो घटना चीनको झेजियांग प्रान्तको हो ।
त्यहाँ प्रेमी प्रेमिकाले डेटको योजना बनाए र एक रेस्टुरेन्ट रोजे । यो दुवैको पहिलो भेट र डेट हुनेवाला थियो ।
युवक तोकिएको समयभन्दा पहिले नै रेस्टुरेन्ट पुगे र प्रेमिकाको प्रतिक्षामा बसे।
तर उनकी प्रेमिका रेस्टुरेन्ट त आइन्, एक्लै हैन २३ साथीका साथ ।
शुरूवातमा त सब ठीकै थियो । एकअर्कासँग परिचय गरेर सँगै खाना खाए ।
यसपछि जब रेस्टुरेन्टको बिल युवकलाई आयो, बिल देखेर प्रेमी त्यहाँबाट भाग्नु नै पर्यो ।
युवकलाई करीब १९८०० युआन अर्थात २ लाख १७ हजार (भारू)को बिल आएको थियो ।
त्यो बिल देखेर युवक फरार भए।
यद्यपी युवतीले भने प्रेमीको उदारता जाँच्नका निम्ति साथी लिएर आएको बताएकी एजेन्सीहरूले उल्लेख गरेका छन् । पछि त्यो बिल एक्लै युवतीले नै तिरेको जनाइएको छ ।