विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ । यस्तै निको हुनेको संख्या पनि ३ करोड ६८ लाख २ हजार हाराहारी रहेका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार हालसम्म ११ लाख ३१ हजारको हाराहारीमा कोरोनाभाइरसबाट मूत्यु भएको छ ।
हाल विश्वभर ९३ लाख ३० हजारको हाराहारीमा संक्रिय संक्रमित रहेका छन् भने त्यसमध्ये ७३ हजारको हाराहारीमा गम्भीर विरामी रहेका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिका र त्यसपछि भारतमा मानवीय क्षति भएको छ ।