अमेरिकामा कोरोनाभाइरसबाट सबैभन्दा धेरै ८५ लाख २१ हजारको हाराहारीमा संक्रमित भएका छन् । यस्तै २ लाख २६ हजारको मृत्यु भइसकेको छ । यसैगरी भारतमा ७६ लाख ५१ हजारको मृत्यु हुँदा १ लाख १५ हजारको मृत्यु भएको छ ।
यसैगरी ब्राजिलमा ५२ लाख ७४ हजार, रसियामा १४ लाख ४७ हजार, स्पेनमा १० लाख २९ हजार, अर्जेन्टीनामा १० लाख १८ हजार, कोलोम्बियामा ९ लाख ७४ हजार, फ्रान्समा ९ लाख ३० हजार, पेरुमा ८ लाख ७४ हजार र मेक्सिकोमा ८ लाख ६० हजारको हाराहारीमा संक्रमित रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
हाल विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड ११ लाख ४३ हजार नाघेको छ । यस्तै निको हुनेको संख्या पनि ३ करोड ६८ लाख २ हजार हाराहारी रहेको छ।