
कोभिड–१९ बाट उत्पन्न परिस्थितिका कारण विदेशमा रोजगारी गुमाएका तथा फर्कनै पर्ने नेपालीहरु स्वदेश फर्किने क्रम जारी छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार बुधबारसम्म विभिन्न ३२ मुलुकबाट १ लाख १६ हजार ५१८ नेपाली स्वदेश फर्किएका छन् ।
जसमध्ये खाडी मुलुकबाट सबैभन्दा धेरै नेपाली फर्किएका छन् । गत चैतमा सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि केही समय चार्टर उडानमार्फत नेपाली ल्याइएको थियो भने पछिल्लाे समय नियमित उडानमार्फत समेत स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली ल्याउने गरिएको छ ।

