
ललितपुरको बालकुमारीमा जीपले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
कोटेश्वरबाट बालकुमारीतर्फ आउँदै गरेको बा१२च ४२२८ नम्बरको बोलेरो जीपले मर्निङ वाक निस्केका २ जनालाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले लोकान्तरलाई बताए ।
प्रहरीले जीपलाई कालोपुलबाट नियन्त्रणमा लिएको र फरार भएका चालकको खोजी भएको एसएसपी राईले बताए ।
मृत्यु हुने इमाडोलका बाबुकाजी महर्जन छन् भने ७० वर्षीय भाटलाल महर्जन घाइते भएको प्रहरीले जनाएको छ । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।