
एसएससी टुआटारा कारले संसारको सबभन्दा द्रुत गतिको कीर्तिमान बनाएको छ ।
यसले ५३३ किलोमिटर प्रतिघन्टाको टप स्पीडको कीर्तिमान कायम गरेको छ ।
यसको टप स्पीडमा जाँदा काकडभिट्टाबाट महेन्द्रनगर पनि दुई घन्टामै पुगिन्छ ।
यसले बुगाती सिरोनको ४९० किलोमिटर प्रतिघन्टाको कीर्तिमान भंग गरेको छ ।
१२ दिनअघि अक्टोबर १० मा यस कारलाई अमेरिकाको ला भेगासमा रहेका सडकहरूमा दौडाइएको थियो । यसको कीर्तिमानलाई क्याप्चर गर्नका लागि विशेष जीपीएस मापन उपकरण र १५ वटा भूउपग्रह उपयोग गरिएको थियो ।
रेसिङ कारका चालक ओलिभर वेबले यो कार यसभन्दा पनि छिटो दौडिने बताए । यसको कीर्तिमान छिट्टै भंग हुने सम्भावना छैन ।
कारको तौल १२ सय ४७ किलोग्राम छ ।
कम्पनीले अहिलेका लागि जम्मा १०० वटा कार ल्याउने भएको छ ।
कारको मूल्य लगभग १९ करोड रुपैयाँ छ ।
यस कारमा ट्विन टर्बो ५.९ लिटर भी८ इन्जिन प्रयोग गरिएको छ । यसले १७ सय २६ बीएचपीको पावर जेनरेट गर्छ । कार रेसिङमा रुचि भएकाहरूलाई यो कार रुचिकर हुनेछ ।