कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बुटवल उपमहानगरपालिकाका नायव सुब्बा नारायणप्रसाद ज्ञवाली कोरोना भाइरसविरुद्ध सन्देश प्रवाह गरिरहेका थिए । उनको फेसबूक प्रोफाइलमा नै ‘म घरमा बसेको छु, देशलाई संक्रमणबाट बचाउन मद्दत गर्नेछु’ भन्ने फोटो राखिएको थियो ।
असोज २८ गते कोरोना संक्रमण भएर बुटवल–८ का वडा सचिव समेत रहेका ४५ वर्षीय ज्ञवाली ‘कोरोनालाई घरमै बसेर जित्छु’ भनेर अस्पताल गएनन् । कात्तिक १ गते उनलाई एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । परिवारले हारगुहार गरेर अस्पताल लैजान खोज्दा कोरोनाको उपचार हुने बुटवलका सबै अस्पतालका शय्या भरिएका थिए ।
आईसीयूमा राख्नुपर्ने भए पनि ज्ञवालीले कोरोना अस्पतालमा शय्या नपाउँदा असोज १ गते साँझ छट्पटाउँदै मृत्युवरण गरे । अझै संयोग कस्तो रह्यो भने उनी कार्यरत उपमहानगरको सहकार्यमा कोरोना विशेष अस्पताल बनेको थियो तर उनले सोही अस्पतालमा उपचारका लागि शय्या नपाउँदा मृत्युवरण गर्नुपर्यो ।
‘स्वास्थ्यप्रति जिम्मेवार हुँदाहुँदा आफ्नै कर्मचारी गुमाउनुपर्यो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।
संक्रमण भएर होम आइसोलेसनमा बस्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ४७ वर्षीय पुरुषको बुधवार निधन भयो । १ हप्ताअघि संक्रमण पुष्टि भएर घरमै बस्दै आएका ती पुरुषको बुधवार बिहान निधन भएको छ । उनको शव तिलोत्तमा नगरपालिकाले व्यवस्थापन गरेको छ ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका दाङको लमही नगरपालिकाका ४३ वर्षीय पुरूषको मंगलवार घरमै मृत्यु भयो । जन्डिसको उपचारका लागि काठमाडौं गएर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो । घर (लमही) आएर पीसीआर गर्दा ती पुरुष र उनकी पत्नीलाई पनि संक्रमण देखियो । १ हप्तादेखि होम आइसोलेसनमा बसेका ती पुरूषको मृत्यु भयो भने पत्नीको अवस्था सामान्य छ ।
सोमवार साँझ कोरोना संक्रमण पुष्टि भएकी बुटवल–११ की ४१ वर्षीया महिलाको एकबिहानै निधन भयो । श्वासप्रश्वासमा समस्या र उच्च ज्वरोको लक्षण देखिएपछि ती महिलालाई राति नै बुटवलको कोरोना विशेष अस्पताल पुर्याइएपछि मंगलबार एकबिहानै मृत्यु भयो ।
पछिल्लो समय लक्षण सहितका संक्रमित ह्वात्तै बढेसँगै होम आइसोलेसनमा बस्दा खतरा देखिएको छ । सरकारले कोरोना पोजेटिभ देखिएका तर लक्षण नदेखिएकाहरू होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था ल्याएको छ । संक्रमण सबै क्षेत्रमा तीब्र रूपमा फैलिएपछि बिरामीका लागि घातक सावित भइरहेको छ । अस्पतालले संक्रमितबाट कोरोनाको उपचार खर्च लिन थालेपछि बिरामीहरू पीसीआर जाँच नगरी घरमै बस्ने वातावरण बन्दै जाँदा घरको बसाइ खतरापूर्ण हुने चिकित्सकको चेतावनी छ ।
पीसीआर पोजेटिभ देखिएपछि एक्कासि लक्षण देखिन सक्ने र रातभरमै स्थिति गम्भीर हुनसक्ने भएकाले सकेसम्म अस्पतालमै रहनुपर्ने भए पनि अस्पतालमा शय्या नहुँदा संक्रमित घरमै बस्न बाध्य छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. सागर न्यौपानेले महामारीको ‘पिक आवर’ आएकाले अबको अवस्था एकदमै खतरापूर्ण रहेको बताए । उनले भने, ‘संक्रमितले अस्पताल भरिएर जटिल केसहरूलाई राख्ने बेड छैनन् । घरमा चिकित्सकको निगरानी नपुग्दा अझै जोखिम बढ्यो । अब जोखिम अस्पतालसम्म नआउनेमा बढी भयो ।’
लुम्बिनी प्रदेशको मुख्य शहर बुटवल र नेपालगञ्जमा संक्रमत तीब्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना पनि गरिएको देखिँदैन । बजारमा बेपर्वाह भीडभाड छ ।
बुटवलको कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बजारको बेपर्वाह भीडभाड र सार्वजनिक गाडीमा समेत कुनै स्वास्थ्य सावधानी नअपनाइँदा संक्रमणले इटालीको जस्तै अवस्था निम्ताउन सक्ने देखिएको दाबी गरे । उनले भने, ‘अस्पताल जान बेड छैनन् । घरमा स्वास्थ्यकर्मीको निगरानी हुँदैन । रगतमा अक्सिजनको मात्रा घट्दै जाँदा संक्रमणले ग्रस्त नभएको व्यक्तिको पनि एक्कासि मृत्यु हुन्छ ।’ रुपन्देहीमा दैनिक २–३ जनाको संक्रमणबाट मृत्यु हुन थालेको छ ।
लुम्बिीमा संक्रमितको संख्या १५ हजार नजिक छ । संघीय सरकारले संक्रमितको उपचार गर्न नसक्ने बताए पनि लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने बताएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका कोरोना उपचारलाई बनाइएका ४ वटै अस्पतालमा निःशुल्क सेवा निरन्तर जारी रहने बताएका छन् । मुख्यमन्त्री पोखरेलले निःशुल्क उपचार हुने भनेपनि अस्पतालमा पर्याप्त शय्या नहुँदा उपचार नपाएर संक्रमितको मृत्यु भइरहेको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...