सलमान खानको बहुप्रतीक्षित फिल्म राधे सन् २०२१ को ईदमा सार्वजनिक गरिने खबर भारतको टेब्लोइड पत्रिका मिडडेले दिएको छ ।
फिल्मका निर्माताहरूले यसलाई जनवरी महिनामा रिलीज गर्न चाहेका थिए तर त्यतिखेरसम्म पनि हलहरूमा ढुक्क गरी दर्शकहरू आउने ग्यारेन्टी नभएकाले रिलीज मिति सारिएको हो ।
राधे ठूलो बजेटको फिल्म भएकाले छिटो रिलीज गरेर जोखिम मोल्नु ठीक नहुने निर्माताहरूको निष्कर्ष छ ।
त्यसैले फिल्मलाई सन् २०२१ को मे १२ मा रिलीज गर्न खोजिएको हो । वितरक यशराज फिल्म्सले पनि त्यही धारणा राखेको बताइएको छ ।
'राधे : योर मोस्ट वान्टेड' भाइमा सलमानसँग दिशा पाटनी, रणदीप हुड्डा र गौतम गुलाटी पनि हुनेछन् ।