०५ असार २०८३, शुक्रबार

दुर्घटनामा महिलाको मृत्युपछि आफन्तद्वारा सडक अवरुद्ध

कात्तिक ६, २०७७
दुर्घटनामा महिलाको मृत्युपछि आफन्तद्वारा सडक अवरुद्ध

कैलालीको सुखडस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस व्यवसाय समितिका प्रतिनिधिहरू सम्पर्कमा नआएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए । 

‘मृतकका आफन्तले बिहान ९ बजेदेखि सडक अवरुद्ध गरेका छन्,’ प्रहरी नायव उपरीक्षक बोहराले भने’ ‘अहिले बस समितिलाई बोलाइरहेका छौं ।’

सडक बन्द हुँदा छोटो तथा लामो दूरीमा निस्केका यात्रुहरू बीच बाटोमै रोकिएका छन् । 

बुधवार बसको ठक्करबाट मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–९ की भागरथी रेग्मीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा ज्यान गएको थियो । बर्दगोरिया गाउँपालिका–४ मा पूर्वतर्फ जाँदै गरेको सुप प्र ०१००१ ख ३००९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको से१प ९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामबहादुर चौधरीको भने अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्