०२ साउन २०८३, शनिबार

सुरज पे मंगल भारी फिल्मको ट्रेलर सार्वजनिक, भरपूर कमेडी (भिडियो)

कात्तिक ६, २०७७
सुरज पे मंगल भारी फिल्मको ट्रेलर सार्वजनिक, भरपूर कमेडी (भिडियो)

पञ्जाबी गायक तथा बलिउड अभिनेता दिलजीत दोसाँझ र दंगल फिल्मबाट चर्चित भएकी फातिमा सना शेखको नयाँ फिल्म सुरज पे मंगल भारीको ट्रेलर सार्वजनिक भएको छ । 

फिल्म सन् १९९५ को बम्बैमा सेटिङ गरिएको छ । 
 

ट्रेलर हेर्दा यो फिल्ममा गजबको कमेडी छ जस्तो देखिन्छ । 

फिल्ममा मनोज वाजपेयीको पनि प्रमुख भूमिका छ । उनले दुलाहाहरूको जासूसी गर्ने भूमिका निर्वाह गरेका छन् । 
 

दोसाँझले सुरज सिंह ढिल्लों र फातिमाले मराठी युवतीको भूमिका निर्वाह गरेका छन् । 
 

ट्रेलरमा देखिन्छ, सुरज एक आदर्श पत्नीको खोजीमा छ तर उसले युवती भेटिरहेको छैन । पछि उसको जीवनमा एक भिलेन आउँछ र सबै कुरा तहसनहस बनाइदिन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्