२५ असार २०८३, बिहीबार

‘नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने’

कात्तिक ६, २०७७
‘नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले बुधवार शिष्टाचार भेट गरेको बालुवाटारले पुष्टि गरेको छ । 

बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीवार दिउँसो एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नु भयो,’ थापाले बिहीवार प्रेस नोट जारी गर्दै भनेका छन् । 

भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्सा प्रकाशित गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । रअ प्रमुख गोयलले समस्याहरूको वार्ताद्वारा समाधान गर्ने भनेर कालापानी क्षेत्रको विवाद समाधानका लागि भारत लचिलो बन्ने संकेत देखाएका छन् । 

यसअघि नेपालले वार्ताका लागि पहल गर्दा भारतले समय दिएको थिएन । भारतीय गुप्तचर संस्थाका प्रमुखसँगको भेटवार्ताबारे सरकारले विज्ञप्तिमार्फत जानकारी गराउने दुर्लभ घटना हो ।

बुधवार नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल बिहीवार स्वदेश फर्किएका छन् । 

भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आएका रअ प्रमुखले काठमाडौंमा अन्य राजनीतिक भेटवार्ता पनि गरेका थिए । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले भने रअ प्रमुखसँग भेटवार्ता नभएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्