३० जेठ २०८३, शनिबार

वर्षा सिवाकोटीको दशै‌ं सम्झना– 'बुवा बितेपछिका हरेक दशैं शून्य लाग्न थालेको छ'

कात्तिक ६, २०७७
वर्षा सिवाकोटीको दशै‌ं सम्झना– 'बुवा बितेपछिका हरेक दशैं शून्य लाग्न थालेको छ'

यो पटकको दशैं कसरी मनाउँदै हुनुहुन्छ ?

पहिलेको दशैंभन्दा अलिकति फरक हुन्छ । पक्कै पनि कोभिड–१९ ले गर्दा यसपटक हामीले खुलेर दशैं मनाउन पाउने छैनौं । घरबाट कतै नजाने निर्णय गरेका छौं । आफन्तहरूलाई पनि यसपटक टीका लगाउन नआउनुस् भनेका छौं । वास्तवमा यो पटकको दशैं सुनसान हुने भयो ।

योपटक दशैंमा मिस भएको कुरा के हो ?

आफन्तसँगको भेटघाट, रमझम ।

जिन्दगीमा बिर्सिन नसकेको दशैं सम्झना ?

बुवा खस्नुभएको वर्ष । त्यो वर्ष असाध्यै नराम्रो लागेको थियो । सधैँ टिका लगाएर आशीर्वाद दिने मान्छेलाई अबदेखि कहिल्यै देख्न पाउने छैनौं भनेर असाध्यै यादले सतायो । आज पहिलोपटक भन्दैछु, मलाई त्यसपछिका हरेक दशैं शून्य लाग्न थालेको छ ।

दशैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो ?

सबै कामबाट अलिकति भएपनि ब्रेक मिल्छ र परिवारसँग केही समय बिताउने मौका पाइन्छ ।

दशैंमा सपिङ गर्ने बानी कत्तिको छ ?

दशैंमा बच्चा बेला जस्तो उत्साह हुँदैन । त्यसपछि आवश्यक पर्दा सपिङ गर्ने, आवश्यक परेन भने नगर्ने हुन थाल्यो ।

दशैंको राम्रो–नराम्रो पक्ष के–के हो ?

दशैंको नराम्रो पक्ष छैन । यसका सबै राम्रा पक्ष छन् । शायद त्यही भएकाले यसलाई बडा दशैं भनिएको हुन सक्छ । दशैंका बेलामा मानिसहरू धेरै फ्री हुने र त्यो समयमा खानपान, जुवातास, रमाइलो गर्ने चलन छ । रमाइलो गर्दैगर्दा अलिकति ध्यान दिए हुन्थ्यो भन्ने मात्रै मेरो कुरा हो ।

दशैं मनाउने तरिका परिवर्तन हुँदै गएको जस्तो लाग्छ ?

दशैं मनाउने तरिका परिवर्तन भएको त होइन तर, आधुनिकताले पहिलाभन्दा यसको महत्त्व कम हुँदै गएको जस्तो मैले अनुभव गरेकी छु । तर, मेरो र मेरो परिवारका लागि दशैं सधैँ उस्तै रमाइलो पर्व हो ।

दशैंका बेला खानपानमा खासै ध्यान दिएको पाइँदैन नि ?

चिल्लो पिरोबाट जोगिनुपर्छ । अर्को कुरा जे खाँदा पनि लिमिटमा रहेर सेवन गर्न सकियो भने स्वस्थ हुन सकिन्छ ।

सानो छँदाको दशैं सम्झना कत्तिको याद गर्नुभएको छ ?

काठमाडौं बस्ने भएकाले दशैंमा गाडी चढेर बुवाको घर, मामाघर गइन्थ्यो, त्यो नै खुशी लाग्ने यादहरू हुन् ।

दशैँका बेला सधैँ सम्झनामा आउने एउटा याद के हो ?

मलाई गाउँमा गएर दशैंको टीका लगाएको असाध्यै मन पर्छ । गाउँको पन, गाउँको माया, गाउँबाट पाइने आत्मीय व्यवहारलगायत धेरै कुरा मन पर्छ ।

शायद, शहर हो परिवर्तन हुँदै गयो । गाउँ कहिल्यै आफ्नो कुरूप अनुहार देखाउन सकेन ।
 

salt training

कमेन्ट गर्नुहोस्