०७ असार २०८३, आइतबार

विदेशमा रहेका श्रीमानले फोनमा तनाव दिन थालेपछि छोरासहित श्रीमतीद्वारा आत्महत्या

कात्तिक २०, २०७४
विदेशमा रहेका श्रीमानले फोनमा तनाव दिन थालेपछि छोरासहित श्रीमतीद्वारा आत्महत्या
गुल्मी, २८ बैशाख- छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।suicide

प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिककोे डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो, नयाँ पत्रिकामा खबर छ  ।

शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन् । छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए ।

कमेन्ट गर्नुहोस्