
काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित थपिने क्रम जारी छ । पछिल्लो समय देशभर थपिने संक्रमितमध्ये आधा जसो काठमाडौंकै हुने गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार उपत्यकामा १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५२५ महिला र १०२७ जना पुरुष रहेका छन् ।
यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५१ हजार ८८८ पुगेको छ भने निको हुनेको संख्या ३२ हजार ७४६ पुगेको छ । यस्तै १८० जनाको मृत्यु भएको छ ।
यसैगरी भक्तपुरमा संक्रमितको संख्या ७ हजार ३२४ पुगेको छ भने निको हुनेको संख्या ३ हजार ५६३ पुगेको छ । यस्तै मृतकको संख्या ४९ रहेको छ ।
यसैगरी ललितपुरमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ३२४ पुगेको छ भने हालसम्म ४ हजार २८७ जना निको भएका छन् । यसैगरी ५३ जनाको मृत्यु भएको छ ।
हालसम्म काठमाडौंमा १८ हजार ९६२, भक्तपुरमा २९८४ र ललितपुरमा २९८४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।