०४ असार २०८३, बिहीबार

यस्तो छ शीर्ष नेताहरुको आजको सेड्युल, चितवनमा कांग्रेस– माओवादी र एमालेबीच टक्कर

कात्तिक २०, २०७४
यस्तो छ शीर्ष नेताहरुको आजको सेड्युल, चितवनमा कांग्रेस– माओवादी र एमालेबीच टक्कर
काठमाडौं, २८ बैशाख– तीन दिनपछि अर्थात बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि बिहिबार मध्यराती १२ बजेदेखि सुरु हुँदैछ ।
मौन अवधि सुरु भएसँगै चुनाव प्रसार गर्न पाइने छैन । मौन अवधि सुरु हुने अन्तिम दिन प्रदेश नम्बर ३,४ र ६ का जिल्लाहरुमा उत्साहजनक रुपमा दलका नेता, उम्मेद्वार र कार्यकर्ता प्रसारप्रसारमा जुटेका छन् ।
यसैक्रममा प्रमुख दलका शीर्ष नेताहरु आफ्नो पार्टीको पक्षमा माहोल तयार गर्न विभिन्न जिल्लामा पुग्दैछन् ।
चितवनमा कांग्रेस– माओवादी र एमालेबीच टक्कर
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनमा चुनावी माहोल तातिँदो छ । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी केन्द्रको चुनावी गठबन्धन भएका कारण सबैको ध्यान त्यतैतिर तानिएको छ । एमाले एक्लै चुनावी मैदानमा खडा भएको तथा माओवादी र कांग्रेसको गठबन्धन रहँदा दुबै पक्षले आ–आफ्नो पक्षमा मालोल तयार गर्न कुनै कसर बाँकी राखेका छैनन् । यसैक्रममा चुनावको अन्तिम प्रसारप्रसारका क्रममा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुग्दैछन् ।deuba-prachand-and-kp-oli
प्रचण्ड र देउवा भरतपुर महानगर संयुक्त प्रसार प्रचार कमिटीको आयोजनामा हुने आमसभामा सहभागि बन्ने बताइएको छ ।
भरतपुर केन्द्रीय बस टर्मिनलको खुल्ला चौरमा हुने आमसभालाई प्रचण्ड र देउवाले सम्बोधन गर्नुका साथै माओवादीका नेता रामबहादुर थापा र काँग्रेस नेता बालकृष्ण खाँडको पनि सहभागिता रहनेछन।
माओवादी केन्द्र चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले चुनावी तालमेल समेत भएकाले आफूहरुले जित्ने दाबी गरे । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल नै उम्मेद्वार रहेकी छिन् । त्यसैले पनि यहाँको चुनावी प्रतिष्पर्धालाई रोचकरुपमा हेरिएको छ ।
यस्तै एमालेले पनि आफ्नो चुनावी आमसभाको तयारी गरेको छ। प्रचण्ड र देउवा नै महोल तताउन चितवन पुग्ने भएपछि एमालेले पनि पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीलाई सहभागि गराउन लागेको छ ।
नारायणगढमा हुने आमसभामा महासचिव इश्वर पोखरेलको समेत सहभागिता रहने बताउँदै एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए । दुबै कार्यक्रम बिहान ११ बजेपछि फरक–फरक स्थानमा एकै समय सुरु गरिने बताइएको छ ।
नेताहरुको आजको सेड्यूल
चितवनपछि कांग्रेस सभापति शेरबहादुर देउवा लमजुङ पनि पुग्ने कार्यक्रम रहेको छ । देउवाले लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । यस्तै देउवाले काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।Local_election

कांग्रेस नेता रामचन्द्र पौडेलले लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै छन् । भने नेता माधव नेपालले उपत्यकाका कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् ।
एमालेकै नेता झलनाथ खनालले काठमाडौं, वामदेव गौतमले पोखरा र ईश्वर पोखरेलले चितवनका सभालाई सम्बोधन गर्नेछन् । यता प्रचण्डपछि चितवनबाहेक काठमाडौंका विभिन्न स्थानीय तहमा पनि सहभागि हुने कार्यक्रम छ । केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा व्यस्त रहँदा तथा नयाँ शक्तिका नेता बाबुराम भट्टराई गृहजिल्ला गोरखामै व्यस्त बन्नेछन् ।
यस्तै राप्रपा अध्यक्ष कमल थापा गृहजिल्ला हेटौडामा छन् । उनी केहि दिनयता उतै रहेको र अब चुनाव सकिएपछि मात्रै काठमाडौं फर्किने मनस्थितिमा छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखाका विभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
त्यस्तै, नेता देव गुरुङ पोखरा, पम्फा भुसाल ललितपुर र हितमान शाक्यले काठमाडौं महानगरपालिकाको चुनावी कार्यक्रममा सहभागि हुनेछन् ।
यस्तै भक्तपुरमा प्रभाव भएका नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे जिल्लाकै विभिन्न नगरपालिका तथा गाउँपालिकामा हुने अन्तिम चुनावी कार्यक्रममा सहभागि हुनेछन् ।

मौन अवधिमा चुनाव प्रसारप्रसार गरे के हुन्छ ?election-press-meet

स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६०को (१)मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न पाइँदैन । यदी त्यसो गरिए उम्मेदवारी रद्द सम्मको कारबाही आयोगले गर्न सक्छ ।



salt training

कमेन्ट गर्नुहोस्