
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ४ सय ४ सय ९९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना विषेश पोर्टलमा उपलब्ध डाटाअनुसार पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।
मृतकको संख्या ८ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।
थपिएका सहित कोरोनाका कुल संक्रमित १ लाख ५३ जार ८ पुगेका छन् । त्यसमध्ये हाल संक्रमण कायम रहेकाहरूको संख्या ४६ हजार ६ सय ९१ छ ।
पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १ लाख ५ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।