निजी अस्पतालमा गएर आफ्नै खर्चमा कोरोनाको उपचार गराउने कार्य प्रशंसनीय छ : प्रधानमन्त्री ओली

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोरोना संक्रमितको पहिचान, परीक्षण र उपचारमा सबैको उत्तिकै पहुँच हुने प्रबन्ध गरिएको दाबी गरेका छन् ।

बडादशैंका उपलक्ष्यमा शुक्रवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । साथै उनले म उपचार गराउन सक्दिनँ भनेर स्वघोषणा गर्नेको उपचार नि:शुल्क गरिने जानकारी पनि दिएका छन् ।


Advertisement

'सम्बन्धित अस्पताल विकास समिति, संक्रमित व्यक्ति वा परिवारले सक्दिनँ भन्ने स्वघोषणा गरेको अवस्थामा निःशुल्क उपचारको व्यवस्था निरन्तर जारी छ,' प्रधानमन्त्री ओलीले भने ।

साथै उनले निजी अस्पतालमा गएर आफ्नै खर्चमा उपचार गराउने कार्य आफैंमा प्रशंसनीय रहेको पनि बताए ।


Advertisement

'निजी अस्पतालमा अहिले पनि कतिपय दिदीबहिनी, दाजुभाइहरू स्वेच्छाले आफैं, आफ्नै खर्चमा उपचार गराइरहनुभएको छ,' प्रधानमन्त्री ओलीले भने, 'राज्यका लागि बोझ होइन, थप सहयोग गर्ने उहाँहरूको यो कार्य आफैंमा प्रशंसनीय छ ।'

प्रधानमन्त्री ओलीले संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जो जहाँ छ, त्यहीँ रहेर दशैं मनाउन पनि अपिल गरे ।

 


लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्