विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड २२ लाख ६९ हजारको हाराहारीमा पुगेको छ । संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८६ लाख ७८ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी अमेरिकामा पछि भारतमा ७८ लाख १० हजारमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलमा ५३ लाख ३२ हजारमा संक्रमण पुष्टि हुँदा रसियामा १४ लाख ८० हजारमा संक्रमण पुष्टि भएको छ ।
यस्तै स्पेन पाँचौ, अर्जेन्टीना छैटौं, फ्रान्स सातौं, कोलोम्बिया आठौं, पेरु नवौं र मेक्सिको १० औं स्थानमा रहेको छ ।
यसैगरी संक्रमितको हिसाबमा युके ११ औं, साउथ अफ्रिका १२ औं, इरान १३ औं, चिली १४ औं र इटाली १५ औं स्थानमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।