२५ असार २०८३, बिहीबार

रुघा लागेर बन्द भएको नाक खुलाउने सजिलो उपाय

कात्तिक ८, २०७७
रुघा लागेर बन्द भएको नाक खुलाउने सजिलो उपाय

रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आइदिन सक्छ । अझ रातमा रुघा लाग्यो भने त मीठा सपना आउनुको साटो दुःस्वप्न आइदिन्छ । सजिलो गरी सास फेर्नका लागि तपाईं यता र उता कोल्टे फेरिरहनुपर्ने हुन्छ । तर यहाँ दिइएका दुईवटा टिप्स फलो गर्नुभयो भने बन्द नाक खुल्छ ।

१ जिभ्रो र अक्युप्रेसर च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् ।

यही बेलामा चोरी औंला र माझी औंलाले निधारमा आँखीभौंको बीच भागमा एक सेकेन्डका लागि थिच्नुस् अनि रोकिनुस् । फेरि फेरि यो क्रिया दोहो-याउनुस् ।

यी दुवै अभ्यास एकैचोटि गर्नुस् । पच्चीस सेकेन्डसम्म यो क्रिया दोहो-याइरहनुभयो भने बन्द नाक खुल्छ ।

२ सास रोक्नुस् गहिरो सास लिनुस् । त्यसपछि टाउको पछिल्तिर झुकाउनुस् र चोरी औंला र बुढी औंलाले थिच्नुस् । सम्भव भएसम्म यसरी नाक थुनेर उभिनुस् । साह्रै गाह्रो भएपछि मात्र औंला हटाउनुस् ।

यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहो-याउनुस् । राति सुत्नुअघि यी अभ्यास गर्नुभयो भने आनन्दपूर्वक सुत्न सक्नुहुन्छ अनि रातभरिमा ठीक पनि हुनुहुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्