०५ साउन २०८३, मंगलबार

नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व होः खिलराज रेग्मी

कात्तिक ८, २०७७
नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व होः खिलराज रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेको विषय परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन  सबैमा आह्वान गरेका छन् ।

बडादशैँका अवसरमा आज दिएको सन्देशमा उनले आफ्नै घरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गरेका छन् । 

नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उनले कामना गरेका छन् । जस्तोसुकै अवस्था रहे पनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले  समस्यासँग जुध्दै अघि बढ्न र चुनौतीको सामना गर्न आह्वान गरेका छन्  ।

सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको बताउँदै पूर्वअध्यक्ष रेग्मीले भनेका छन्, 'महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, सरकारको यो मानवीय र संवैधानिक दायित्व हो ।'

बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादशैँका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबै नेपालीमा शुभकामना पनि व्यक्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्