
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिदै आएको
शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड—१९ का कारण यो वर्ष नगर्ने जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै २०३३ सालदेखि चलिआएको चियापान कार्यक्रम नगर्ने बताएका हुन् ।
वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो ।
'हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ,' विज्ञप्तिमा उल्लेख छ ।