०६ असार २०८३, शनिबार

छतमा 'भूत' देखा परेपछि... तस्वीर भयो भाइरल

कात्तिक २०, २०७४
छतमा 'भूत' देखा परेपछि... तस्वीर भयो भाइरल

पाकिस्तानको सामाजिक सञ्जालमा हिजोआज एउटा तस्वीर खुबै भाइरल भइरहेको छ । तस्वीरमा एक उजाड घरको छतमा सेतो कपडा लगाएर कोही बसेको जस्तो देखिन्छ ।


यसो हेर्दा यो अलिकति तर्साउने नै जस्तो देखिन्छ । यसै कारण सामाजिक सञ्जालमा यसलाई भूतिनीको तस्वीर भनिँदै आएको छ ।

यो पाकिस्तानको हैदराबाद शहरको घटना हो । घरको छतमा बसेकी भूतिनीको फोटो मानिसहरू धमाधम खिचिरहेका छन् । पाकिस्तानी गायक फाखिर महमूदले यो तस्वीर शेयर गरेपछि खुबै भाइरल भयो ।

यो तस्वीर असली हो कि नक्कली भन्नेमा पनि विवाद उठेको छ ।

तर रमाइलो कुरा चाहिँ यो फोटो मोरक्कोको हो, हैदराबादको होइन । अनि यो तस्वीर मानिस वा भूतको नभई एक पुतलीको हो । राति डाकुहरू यो गुडिया देखेर तर्सिऊन् र घर नलुटून् भनी घरमालिकले त्यहाँ राखेको रहेछ ।

यो तस्वीरमा रमाइला कमेन्ट आएका छन् । केही नमूना हेरौं :

यो पहिली भूतिनी होली जसलाई हेरेर कोही पनि डराएको छैन ।

प्यारी छोरीले मेकअप नगरेका कारण यस्तो देखिएकी होला ।

यो केटीले केक बनाइरहेकी थिई । त्यतिखेरै सबै मैदा उसको जिउमा खस्यो । अनि मानिसले उसलाई भूत भन्ठाने ।

डेटिङ गर्न गएकी थिई यो केटी, त्यतिखेरै भूतिनी भई ।

सामाजिक सञ्जालमा सक्रिय भूतिनी परिछ, क्यामराका अगाडि पोज दिराकी छ ।

वाह, कस्तो जमाना आयो । मानिसहरू त डराउनै छोडे भन्या । भूतिनी मजाले बसेकी छ अनि मानिस धमाधम फोटो खिचिराछन् ।

आजतकबाट

salt training

कमेन्ट गर्नुहोस्