२३ जेठ २०८३, शनिबार

कारबाहीमा अलकायदा नेता मारिए

कात्तिक ९, २०७७
कारबाहीमा अलकायदा नेता मारिए

स्लामिक संगठन अलकायदाका वरिष्ठ नेता अबु मुहसिन अल मास्री अफगानी सेनाको कारबाहीमा मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीटमार्फत यसबारे जानकारी गराएको छ । 
मास्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मस्ट वान्डेट सूचीमा थिए । अमेरिकाले उनीविरुद्ध विदेशी आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराएको र अमेरिकी नागरिकहरुको हत्याको षड्यन्त्र रचेको अभियोग लगाएको थियो । अल कायदाका दोस्रो ठूलो नेता मानिने अल मास्री घान्जी प्रान्तमा भएको विशेष कारबाहीका क्रममा मारिएको निर्देशनालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्