
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृतकमा इटहरी ४, सुनसरीका ७९ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबारमात्र भर्ना भएका थिए । उनको अपरान्ह ४ बजेर ५ मिनेटमा मृत्यु भएको उनमा मिर्गौलासम्बन्धी रोगी भएको अस्पतालले जनाएको छ ।