२८ जेठ २०८३, बिहीबार

दशैंको टीका लगाइदिँदा वाचन गरिने यी मन्त्र, पुरुष र महिलाका लागि छुट्टाछुट्टै

कात्तिक १०, २०७७
दशैंको टीका लगाइदिँदा वाचन गरिने यी मन्त्र, पुरुष र महिलाका लागि छुट्टाछुट्टै
प्रतिकात्मक तस्वीर

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेको मान्यता अनुसार सोमवार विजयादशमी मनाइँदैछ ।

आजको दिन गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ –

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । 
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दूर्गादेवीको स्वरूप मानेर आशीर्वाद दिइन्छ – 

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दूर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दूर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रक्रमणका कारण सुरक्षित हुनुपर्नेछ ।

मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन पञ्चांग निर्णायक समिति समितिले आह्वान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्