०६ असार २०८३, शनिबार

‘बाहुबली २’ को रेकर्ड तोड्ला त ऋतिकको यो फिल्मले?

कात्तिक २०, २०७४
‘बाहुबली २’ को रेकर्ड तोड्ला त ऋतिकको यो फिल्मले?
मुम्बई — चलचित्र ‘बाहुबली २’ ले भारतमा मात्र होइन, विश्वभर नै चर्चा कमाएको छ । मार्च २८ मा रिलिज भएको उक्त चलचित्रले भारतमा निर्मित सबै चलचित्रको रेकर्डलाई तोडेको छ । बाहुबली २ को सफलतलाई देखेर धेरै स्टारले आफूले पनि रेकर्ड तोड्ने योजना बनाएका थिए । ग्राफिक्सको माध्यमबाट पनि आफूलाई अब्बल बनाएको बाहुबली सफल हुनु आफ्नो ठाउँमा छ ।

अर्कोतिर त्यस्तै सुपर पावरमा बनेको चलचित्र ‘कृष’ ले पनि भरपुर ग्राफिक्सको प्रयोग गरेको थियो । एक भारतीय मिडियामा आएको समाचार अनुसार बलिउड स्टार ऋतिक रोसनले चलचित्र ‘कृष ४’ को स्कृप्टमा काम थालेका छन् ।
निर्माण समूहलाई अहिले के कुरामा चासो भइरहेको छ भने बाहुबलीको सफलतासँगै आफ्नो चलचित्र कृष ४ मा पनि पूर्ण रुपमा ग्राफिक्सको प्रयोग गर्न सकियोस् ।

अफिसियल रुपमा घोषणा नभएपनि उक्त चलचित्रमा सुपर पावरको कथा र ग्राफिक्सलाई सक्दो कलात्मक बनाउन खोजिएको भारतीय सञ्चार माध्यममा खबर छ । ऋतिक रोसन कृषका रुपमा देखिने पक्का भएपनि अन्य कलाकारका रुपमा कसलाई छान्ने भन्ने पक्का भइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्