बलिउड एक्ट्रेस ज्याकलिन फर्नान्डेजले आफ्ना एक सहयोगीको दशैं यादगार बनाइदिएकी छन् ।
श्रीलंकन मूलकी यी नायिकाले बलिउडमा डेब्यू गरेयता सहयोग गर्दै आएका टीम मेम्बरका लागि कार गिफ्ट गरेकी हुन् ।
एक फिल्मको सूटिङमा रहेका बेला सरप्राइजस्वरूप कारको डेलिभरी दिइएको थियो ।
पैसा तिरेर बूकिङ गरिसके पनि ज्याकलिन स्वयंलाई पनि कारको डेलिभरी दशहरा (दशैं)कै समयमा हुन्छ भन्ने थाहा थिएन ।
फिल्मको सूटिङमा रहेकाले तस्वीरमा ज्याकलिनलाई प्रहरी इन्सपेक्टरको भूमिकामा देख्न सकिन्छ ।