×

NIC ASIA

तिलगंगा आँखा अस्पताल अब ‘राष्ट्रिय गौरव’को उद्योग बन्ने

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं, २८ वैशाख– सरकारले काठमाडौंको गौशालामा रहेको तिलगंगा आँखा अस्पललाई राष्ट्रिय गौरवको उद्योगका रुपमा विकास गर्ने भएको छ । आँखाका कृत्रिम लेन्स उत्पादन गरी निर्यायत गर्ने उद्देश्यसहित तिलगंगा आँखा अस्प्तालाई उद्योगका रुपमा विकास गर्न लागिएको हो ।

नेपाल आँखा कार्यक्रम अन्तर्गत हाल तिलगंगा प्रतिष्ठानले मातियाबिन्दु रोगको शल्यक्रिया गरी प्रत्यारोपण गरिने यस्तो कृतिम लेन्सको उत्पादन गर्छ ।

सरकारले आँखाको लेन्स उत्पादनलाई प्रवद्र्धन गर्दै राष्ट्रिय गौरवको उद्योग बनाउने लक्ष्य राखेको छ । तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै उद्योग मन्त्रालयले लेन्स निर्यातलाई तेब्बर परिमाणमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।



मन्त्रालयको लक्ष्य अनुसार उद्योग विस्तार भए प्रतिवर्ष १५ लाख कृत्रिम आँखाका लेन्स निर्यात गरिने छ ।

लेन्स उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादन र प्रवद्र्धन तथा निर्यातका लागि मन्त्रालयले समेत सहयोग गर्ने गरी उद्योग मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल र आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा। सन्दुक रुईतबीच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । सम्झौताको अवधि तीन वर्ष रहेको छ ।
उद्योगका लागि उत्पादन वृद्धि, प्रवर्द्धन तथा संरक्षणका लागि आवश्यक भौतीक, आर्थिक र नीतिगत सहयोगका लागि सरकारले सहयोग पुर्याउने सम्झौतापत्रमा उल्लेख छ ।

प्रतिष्ठानअन्तर्गत सञ्चालित उद्योगले हाल वार्षिक ५ लाख लेन्स उत्पादन गर्छ । सरकारको सहयोग रहे वार्षिक १५ लाखसम्म उत्पादन गर्न सकिने कार्यक्रमका प्रमुख रुईतले बताए ।

प्रतिष्ठानले २०५० सालदेखि हालसम्म करीव ४९ लाख लेन्स उत्पादन गरी वितरण गरेको जनाएको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले लेन्स उद्योगले नेपालको प्रतिष्ठा बढाएको भन्दै यसको अभिवृद्धिका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्दता जनाए । प्रतिष्ठान अन्तर्गत सञ्चालित लेन्स उद्योगलाई व्यापार नमूनाकै रुपमा अघि बढाउनुपर्ने बताए ।

प्रतिष्ठानले विश्वका ५० भन्दा बढी मुलुकमा यस्तो लेन्स निर्यात गर्छ । लेन्समा हाल नेपाल आत्मनिर्भर छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x