
खोटाङको बराहापोखरी गाउँपालिका–५ सोह्रखानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
को१ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद साहले जानकारी दिए ।
सोमवार साँझ भएको जीप दुर्घटनामा सोही गाउँपालिकाका ४५ वर्षीय दधुमान राई, ४० वर्षीय विश्व राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राईको मृत्यु भएको साहले बताए ।
दुर्घटनामा बृहस्पतिका पति २८ वर्षीय छत्रबहादुर राई र बच्चा ९ महिने दिप्सन राई, चौदण्डीगढी नगरपालिका–८ का ३० वर्षीय दीपक परियार र बराहापोखरी–६ का ३२ वर्षीया नविना राई घाइते भएका छन् ।
जीप चालक उदपयुरको चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय यामबहादुर विकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।