केन्यामा गैंडाले कम्बल ओढेर सुतेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
भिडियोलाई शिल्डड्रिक वाइल्डलाइफ ट्रस्टले पोस्ट गरेको हो ।
गैंडाको नाम अपोलो हो र यसलाई एक वर्षअघि त्यहाँ ल्याइएको ट्रस्टले जानकारी दिएको छ ।
गैंडालाई कम्बल खुबै मन पर्ने र त्यो ओढेर ऊ आरामले सुत्ने गरेको पनि ट्रस्टले बतायो ।
कुल १७ सेकेन्डको भिडियोमा गैंडा गहिरो निद्रामा सुतेको देखिन्छ ।
मानिसहरू भिडियो हेरेर रमाइलो मानिरहेका छन् अनि भावुक पनि भइरहेका छन् ।
Orphaned black rhino Apollo might have grown apace since he was first rescued a year ago but his love for his comfort blanket (read mattress), which he hoists over his head like a tent, is just as strong. Read how he's getting on: https://t.co/SJ0MevrKgV pic.twitter.com/1RHFXU5cIJ
— Sheldrick Wildlife (@SheldrickTrust) October 27, 2020