
काठमाडौं २८ वैशाख - नयाँ शक्ति पार्टीका संयोजक डा बावुराम भट्टराइले राजनीतिक सिण्डिकेट खडा गरेर भोट किन्न उत्तर र दक्षिण फर्किएका दलले चुनावमा घाटी जोडेको आरोप लगाएका छन् । नयाँ शक्ति र संघीय समाजवादी फोरमको भने सिद्धान्त मिल्ने भएकोेले चुनावी तालमेल गरेको उनको प्रष्टीकरण थियो ।
बिहिवार काठमाडौंको इटुमबहालमा आयोजित चुनावी सभालाई सम्बोधनगर्दै संयोजक भट्टराईले प्रमुख चार ठूला दलको चुनावी एकताप्रति कटाक्ष गरेका हुन् । ‘उत्तर र दक्षिण फर्केका शेरबहादुर देउवा र प्रचण्डको एकता राजनीतिक सिण्डकेटको नमुना हो’ भट्टराइले भने, ‘राजतन्त्र मान्ने राप्रपा र गणतन्त्रको एमालेको घाटी जोड्ने एमालेको चुनावी तालमेल सिण्डिकेट निर्माण गरेर भोट किन्ने दाउ हो ।’
भट्टराईले राजनीतिक दलको विकल्पको स्वरुप वैकल्पिक शक्ति निर्माण गर्न खोजेको बताए ।
काग्रेसले सुनको लंका बनाउछु भन्न सुहाउछ ?
भट्टराईले प्रजातन्त्र पछिका २७ बर्षमा २१ बर्ष सत्तामा बसेको काग्रेसले काठमाडौंको मुहार फेर्छु भन्न नसुहाउने टिप्पणी गरे । ‘काग्रेसले यतिका बर्षसम्म के हेरेको थियो ? अहिले महानगरलाई सुनको लंका बनाइदिन्छु भनेर कसैले पत्याउछ ?’